मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सन् २०६० सम्म कार्बन उत्सर्जन शून्य बनाउने साउदी अरबको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ६ २०७८
सन् २०६० सम्म कार्बन उत्सर्जन शून्य बनाउने साउदी अरबको घोषणा

खनिज इन्धनको ठूलो निर्यातक देश साउदीले पछिल्लो समय बैकल्पिक इन्धनमा पनि अनुसन्धान गर्दै आएको छ।

रियाद- विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । कोप-२६  ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार साउदीले यो घोषणा  गरेको हो। 

"म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ," युवराज मोहम्मद बिन सलमानले "साउदी ग्रीन इनिसिएटिभ" फोरममा रेकर्ड गरिएको कार्यक्रममा  भनेका छन्। 

खनिज इन्धनको ठूलो निर्यातक देश साउदीले पछिल्लो समय वैकल्पिक इन्धनमा पनि अनुसन्धान गर्दै आएको छ। हाइड्रोजन इन्धनका बारेका साउदीले ठूलो परियोजना अघि बढाइरहेको छ। रासस/एएफपी


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend