आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

काठमाडौं प्लाजामा सर्दै महानगर, नेपाल ट्रष्टसँग सम्झौताको तयारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
काठमाडौं प्लाजामा सर्दै महानगर, नेपाल ट्रष्टसँग सम्झौताको तयारी 

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन्। ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ ।

images
images
images

महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ।

images
images

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन्। ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन्। यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी गरेको हो। 

images
images

विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ। रासस 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend