आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अन्नपूर्ण केबलकारमा ५० प्रतिशतसम्म छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
अन्नपूर्ण केबलकारमा ५० प्रतिशतसम्म छुट
सांकेतिक तस्बिर।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केबलकारमा यात्रा गर्न सकिन्छ।

images
images

काठमाडौं- अन्नपूर्ण केबलकारले बिहानीको समयमा केबलकारमा यात्रा गर्दा ५० प्रतिशतसम्म छुट दिने भएको छ। 

images
images
images

यसअघि कायम गरिएको दररेटमा साेमबारदेखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जानकारी दिए। ​

images
images

बिहान ५ देखि ७:३० सम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्ने कम्पनीले जनाएको छ। यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो।

images
images

कम्पनीका अनुसार अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडामा ३५० मात्रै कायम गरिएको छ।​ त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि थप छुट प्रदान गरिएको छ।​ विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ।

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर कायम छ। यो समयमा यात्रा गर्ने अपाङ्गता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ।​

कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको जनाएको छ।​ बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केबलकारले जनाएको छ।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केबलकारमा यात्रा गर्न सकिन्छ।


प्रकाशित : बुधबार, फागुन २४ २०७९०६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend