आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ।

images
images

धनकुटा- धनकुटा-बन्चरे-ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ। कोशी प्रदेश सरकारको ५६ करोड रूपैयाँको लागतमा उक्त सडक निर्माण गरिँदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

images
images
images

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ। विसं २०७७ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौंलाई एक वर्षको म्याद थप गरिएको छ। 

images
images

पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव-इन्जिनियर बद्री ढुङ्गानाले जानकारी  दिए। ‘कालोपत्र बाहेकको काम सकिने चरणमा छ’, उनले भने, ‘थपेको समय सीमाभित्र काम पूरा हुन्छ।’ 

images
images

हाललाई छथर जोरपाटी गाउँपालिका-४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ। सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भू-भागका नागरिकलाई सहज हुनेछ। रासस 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend