आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग

देशको अर्थव्यवस्था नै धरासयी बनाउनेगरी अवाञ्छित क्रियाकलाप रचिएको भन्दै परिसंघले बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न अपिल समेत गरेको छ। 

images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेका अराजक गतिविधिहरु रोक्न सरकारसँग माग गरेको छ। 

images
images
images

बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा यसका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित बनेको भन्दै परिसंघले मंगलबार एक विज्ञप्ति जारी गरी यस्ता गतिविधि राेक्न सरकारको ध्यानाकर्षण गराएको हो।

images
images

‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

images
images

देशको अर्थव्यवस्था नै धरासयी बनाउनेगरी अवाञ्छित क्रियाकलाप रचिएको भन्दै परिसंघले बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न अपिल समेत गरेको छ। 

‘देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसंचारको रुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौँ’, परिसंघले भनेको छ। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend