आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अमेरिकी कम्पनीसँगको सहकार्य हिरोले प्रिमियम विद्युतीय मोटरसाइकल बनाउने  

images
सोमबार, फागुन २२ २०७९
images
अमेरिकी कम्पनीसँगको सहकार्य हिरोले प्रिमियम विद्युतीय मोटरसाइकल बनाउने  

जेरो मोटरसाइकल विद्युतीय मोटरसाइकल र त्यासका लागि आवश्यक पर्ने पावर ट्रेन विकासमा अब्बल कम्पनीका रुपमा रहेको छ। 

images
images

काठमाडौं- भारतीय दुई पांग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्जले प्रिमियम विद्युतीय मोटरसाइकल उत्पादन गर्न अमेरिकी कम्पनीसँग सहकार्य गर्ने घोषणा गरेको छ। कम्पनीले सोमबार अमेरिकी कम्पनी जिरो मोटरसाइलसँगको सहकार्यमा प्रिमियम विद्युतीय मोटरसाइकल बनाउने बताएको हो। 

images
images
images

विद्युतीय स्कुटर तथा मोटरसाइकलमा सबैजसो कम्पनीले काम गरेरहेका बेला हिरो मोटोकर्पले यसअघि नै भिदा ब्रान्डमा विद्युतीय स्कुटर सार्वजनिक गरिसकेको छ। त्यस्तै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादनका लागि अन्य कम्पनीसँग सहकार्य खोजेको हो। 

images
images

जेरो मोटरसाइकलसँगको सहकार्यमा हिरोले विद्युतीय मोटरसाइकलको पावर ट्रेन विकास, विद्युतीय मोटरसाइकल ठूलो संख्यामा उत्पादन र हिरो मोटोकर्पको मार्केटिङमा सहयोग पुग्ने सम्झौतामा उल्लेख गरिएको हिरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

images
images

हिरोले २०२२ सेप्टेम्बरमा ६ करोड अमेरिकी डलर लगानी गर्ने योजना बोर्डबाट स्वीकृत गरेको थियो। उक्त लगानी अमेरिकाको क्यालिफोर्निया स्थिति जेरो मोटरसाइकलमा लगानी गर्ने योजना पास भएसँगै हिरोले पछिल्लो घोषणा गरेको हो। जेरो मोटरसाइकल विद्युतीय मोटरसाइकल र त्यासका लागि आवश्यक पर्ने पावर ट्रेन विकासमा अब्बल कम्पनीका रुपमा रहेको छ। 

जेरो मोटरसाइकलसँगको सहकार्यले क्लिन टेक्नोलोजीमा आधारित सवारी उत्पादनमा कोशेढुंगा सावित हुने हिरो मोटोकर्पका अध्यक्ष तथा सीईओ पवल मुन्जालले बताएका छन्। विद्युतीय सवारीमार्फत भारत तथा विश्व बजारमा तीब्र गतिमा अधि बढ्न जेरोसँगको सहकार्यले ठूलो सहयोग पुग्ने विश्वास मुन्जालको छ। 

हिरो भिदा भीवान विद्युतीय स्कुटरमार्फत विद्युतीय स्कुटर बजारमा आएको हो। हिरोले बैंलोर, दिल्ली र जयपुरमा सार्वजनिक चार्जिङ स्टेसन निर्माणको काम समेत सुरु गरिसकेको छ। यी तीन सहरमा गरेर हिरोले हालसम्म सार्वजनिक प्रयोगका लागि करिब ३ सय वटा चार्जिङ प्वाइन्ट बनाइसकेको छ। 

जेरो र हिरोको सहकार्यले दुई पांग्रे यात्रालाई विद्युतीयमा बदल्न र विश्वका उपभोक्तालाई अत्याधुनिक र इनोभेटिभ उत्पादनमार्फन नयाँ अनुभव दिन उद्दत हुने विश्वास जेरो मोटरसाइकलका सीईओ साम पास्कलले गरेका छन्।


प्रकाशित : सोमबार, फागुन २२ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend