आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रानीमहल र श्रीनगरमा बढे पर्यटक, सात महिनामै तेब्बर राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
images
रानीमहल र श्रीनगरमा बढे पर्यटक, सात महिनामै तेब्बर राजस्व संकलन

नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन्। दैनिक दुईसय बढी पर्यटक भित्रिने गरेका छन्।

images
images

तानसेन- नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख रूपैयाँ राजस्व संकलन भएको छ।

images
images
images

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो।

images
images

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ। विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ। रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो। 

images
images

नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन्। दैनिक दुईसय बढी पर्यटक भित्रिने गरेका छन्। गत वर्ष सात लाख रूपैयाँ टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ।

‘विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व संकलन गरेको थियो’, प्रवक्ता कार्की भन्छन्, ‘यस वर्षदेखि नगरपालिका आफैले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो।’ 

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो। यो वनभोजस्थल पनि हो। पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ। चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन्। शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन्। 

श्रीनगर अवलोकनबाट नगरपालिकाले १५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ। श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको स‌ंख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए। चालु आवदेखि नगरपालिका आफैले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो। 

नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि ५० रूपैयाँ तोकेको छ। सार्क देशका लागि ८० रूपैयाँ र अन्य मुलुकका नागरिकले एकसय ५० रूपैयाँ तिरेर दरबारको अवलोकन गर्ने गरेका छन्। त्यस्तै श्रीनगर अवलोकनका लागि २० रूपैयाँ लिने गरिएको छ। नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन्। रासस 


प्रकाशित : आइतबार, फागुन २१ २०७९०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend