शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सीजी होल्डिङ्सले ल्यायो प्रिमियम बियर 'हिमालयन'

images
आइतबार, फागुन २१ २०७९
images
सीजी होल्डिङ्सले ल्यायो  प्रिमियम बियर 'हिमालयन'

यस बियरको ६५० एमएलको बोतलको मूल्य ३ सय १० रुपैयाँ र ३ सय ३० एमएलको बोतलको मूल्य १ सय ६५ रुपैयाँ कायम गरेको छ।

images
images

काठमाडौं- सीजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ। होली पर्वलाई लक्षित गरी कम्पनीले नयाँ बियर बजारमा ल्याएको हो।  

images
images
images

गोदावरी मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो। चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियरभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ।  

images
images

‘फर द वन हु डेयरस्’ नारासहित सार्वजनिक भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ। यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनी लिएको छ।

images
images

कम्पनीका अनुसार अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ-नयाँ स्वादका बियर रुचाउने गर्दछन्। हिमालयन बियरको प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ। 

हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन्। यस बियरको ६५० एमएलको बोतलको मूल्य ३ सय १० रुपैयाँ र ३ सय ३० एमएलको बोतलको मूल्य १ सय ६५ रुपैयाँ कायम गरेको छ।  

लामो र बलियो विरासत बोकेको हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडौं र कमान्डोजस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ।  


प्रकाशित : आइतबार, फागुन २१ २०७९०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend