शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

इन्धनको मूल्य ८० प्रतिशतसम्म बढ्यो, अधिक मूल्यवृद्धिको मारमा गरिब मुलुक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ६ २०७८
images
इन्धनको मूल्य ८० प्रतिशतसम्म बढ्यो, अधिक मूल्यवृद्धिको मारमा गरिब मुलुक 

'वृद्धिको वेग अहिले तल झर्ने सम्भावना पनि देखिँदैन। सन् २०२२२ को मध्यदेखि तल झर्ने सम्भावना छ' आउटलुकमा उल्लेख गरिएको छ। 

images
images

काठमाडौं- सन् २०२१ को तेस्रो त्राइमास उर्जाको मूल्य अत्याधिक वृद्धि भएको छ। इन्धनको मूल्यवृद्धि धेरै हुँदा मुद्रास्फ्रितिको चाप संसारका धेरै अर्थतन्त्रमा देखिएको छ। 

images
images
images

विश्व बैंकको कमोडिटी मार्केट आउटलुकको प्रक्षेपन अनुसार सन् २०२० को तुलनामा यो वर्ष ८० प्रतिशतले इन्धनको मूल्य बढेको छ। यो मूल्यवृद्धि अहिले नै रोकिने सम्भावना नभएको बैंकको प्रक्षेपण छ। 

images
images

'वृद्धिको वेग अहिले तल झर्ने सम्भावना पनि देखिँदैन। सन् २०२२२ को मध्यदेखि तल झर्ने सम्भावना छ' आउटलुकमा उल्लेख गरिएको छ। 

images
images

इन्धनसँगै अरु वस्तुको मूल्य पनि सन् २०२२ को मध्यदेखि नै तल झर्ने प्रक्षेपण गरिएको छ। 

यो वर्ष पछिल्लो दशककै उच्च मूल्यवृद्धि देखिएको छ। कतिपय वस्तुमा सन् २०११ पछिकै उच्च वृद्धि देखिएको हो। प्राकृतिक ग्यास, कोइलाको मूल्य दशककै उच्च देखिएको छ। उर्जाको मागको पुनरावृत्ति भएपछि इन्धनको मूल्य बढेको छ।  माग अनुसारको आपूर्ति नभएको र तत्काल आपूर्ति समस्याको समाधान नदेखिएकाले सन् २०२२ सम्ममै मूल्य वृद्धिको वेग जाने छ। 

इन्धनको मूल्य अहिले जति छ त्यतिमै रोकिने सम्भावना छैन। सायद हालसम्मकै उच्च बिन्दुमा पुग्नसक्छ। इन्धनको मूल्यले नयाँ रेकर्ड बनाउनसक्ने अनुमान गरिएको छ। सन् २०२१ मा पेट्रोलियमको औसत मूल्य ७० अमेरिक डलर प्रति ब्यारेल रहेको छ। २०२२ मा यो बढेर ७४ डलर पुग्ने अनुमान गरिएको छ। 

सन् २०२२ को मध्यसम्म पुग्दा आपूर्ति शृङ्खलामा सुधार हुने र त्यसैले गर्दा धातुको मूल्य ५ प्रतिशतले घट्नसक्ने अनुमान गरिएको छ। सन् २०२१ मा धातुको मूल्य ४८ प्रतिशतसम्मले बढेको छ। खाद्यान्नको मूल्य पनि सन् २०२२ मा गएर घट्नसक्ने अनुमान गरिएको छ। यो वर्ष खाद्यन्नको मूल्य २२ प्रतिशतले बढेको छ। 

कुनै पनि उत्पादन प्रक्रियामा इन्धन र उर्जाको संलग्नता हुने भएकाले प्राय सबैको मूल्य यो वर्ष बढेको छ। इन्धनको आपूर्ति सहज भएर मूल्य नहट्दासम्म मूल्यवृद्धि चाप कम नहुने बैंकको आउटलुक प्रक्षेपण गरिएको छ। 

मूल्यवृद्धिको सबैभन्दा धेरै चापमा न्यून आए भएका मुलुकहरू परेका छन्। नेपालजस्तै न्यून आय भएका मुलुकहरू पर्ने बैंकको विश्लेषण छ। इन्धनको अधिक आपूर्ति गर्ने मुलुकहरू यसको पहिलो मारमा पर्ने र अन्तत: विश्वव्यापी अर्थतन्त्र एउटै शृङ्खलामा रहेकाले सबै प्रभावित हुनेछन्। 


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend