शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images
उद्योग वाणिज्य महासंघ निर्वाचन

एशोसिएट उपाध्यक्षमा तीनको चर्चा, शाहिल अग्रवाल 'रिङआउट' हुन लागेका हुन्?

images
शुक्रबार, फागुन १९ २०७९
images
एशोसिएट उपाध्यक्षमा तीनको चर्चा, शाहिल अग्रवाल 'रिङआउट' हुन लागेका हुन्?

अग्रवालले पछिल्लो सयम एशोसिएट उपाध्यक्षमा निर्वाचन नलड्ने संकेत आफू निकट व्यवसायीहरू माझ गरिसकेका छन्।

images
images

काठमाडौं- उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको महाधिवेशन चैत २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ। निर्वाचनको मिति घोषणासँगै व्यावसायिक वर्गको दौडधुप सुरु भएको छ। ५७ औँ साधरण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुने छन्। 

images
images
images

५७ औँ साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति ६० औँ साधरणसभाबाट स्वत: अध्यक्ष हुने छन्। महाधिवेशनले एकजना एशोसिएट उपाध्यक्षसमेत चयन गर्ने छ।

images
images

एशोसिएट उपाध्यक्षमा अहिलेसम्म तीनजनाको चर्चा छ। जसमा शंकर ग्रुपका निर्देशक शाहिल अग्रवाल, उद्योगी भरत आचार्य र ज्योत्सना श्रेष्ठ रहेका छन्। भरत आचार्य एशोसिएटका निश्चित उम्मेद्‍वार देखिएका छन्। तर शाहिल र ज्योत्सनमा एकजना मात्रै उम्मेद्‍वार हुनेगरी घटनाक्रम विकास भएको छ।

images
images

केही दिनअगाडिसम्म एशोसिएटमा आचार्य र अग्रवालको मात्रै चर्चा थियो। उनीहरूको चर्चा स्वभाविक पनि देखिएको थियो। अग्रवाल तथा आचार्यको समूहहरूले नै एशोसिएटमा नयाँ सदस्य थप्नमा प्रतिस्पर्धा नै गरेका थिए।

आचार्यलाई वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको साथ हुने निश्चित नै छ। शाहिललाई अध्यक्ष शेखर गोल्छा तथा पूर्वअध्यक्ष पशुपति मुरारकालगायतको साथ रहने छ। एशोसिएटको भोटमा प्रभाव पार्न सक्ने पनि ढकाल, गोल्छा र मुरारका समूह नै हुन्। 

यस्तोमा अग्रवालले पछिल्लो सयम एशोसिएट उपाध्यक्षमा निर्वाचन नलड्ने संकेत आफू निकट व्यवसायीहरू माझ गरिसकेका छन्। अग्रवालले निर्वाचन लड्ने वा नलड्ने जानकारी एक साताभित्र गराउने बचनसमेत दिइसकेको एक व्यवसायीले बताए। 

व्यवसायमा मन्दी आएको कारण व्यापारमै बढी ध्यान दिनुपर्ने अवस्थाका साथै स्वास्थ्यमा पनि केही समस्या देखिएकाले निर्वाचन नलड्ने संकेत अग्रवालले गरिरहेका हुन्। 'निर्वाचनमा ठूलै रकम खर्च हुन्छ। व्यापार व्यवसायमा नै मन्दी छ। व्यापारमा ठूलो लगानी भएको छ। महासंघलाई एक त समय पनि दिन नसक्ने र अर्को व्यापारलाई नै समय दिनुपर्ने हुँदा शाहिल अग्रवालले निर्वाचन नलड्ने निश्चित जस्तै हो', एक व्यवसायीले भने।

अग्रवालले निर्वाचन नलड्ने संकेत गरेपछि अहिले ज्योत्सनालाई अगाडि बढाउने र आचार्यसँग प्रतिस्पर्धा गराउने तयारी भएको छ।

उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको महाधिवेशन चैत २८ देखि ३०, कुन पदमा क-कसको प्रतिस्पर्धा? उद्योग वाणिज्य महासंघको नेतृत्व चयनको महाधिवेशन चैत २८ देखि ३०, कुन पदमा क-कसको प्रतिस्पर्धा?


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend