शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पशुपतिमा एक रोपनी जग्गाको वार्षिक ५० हजार तिरेर १० रोपनी कब्जा, संरचना हटाउन महानगरको अल्टिमेटम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १९ २०७९
images
पशुपतिमा एक रोपनी जग्गाको वार्षिक ५० हजार तिरेर १० रोपनी कब्जा, संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ। 

images
images

काठमाडौं- पशुपति क्षेत्रमा 'पशुपति क्षेत्र विकास कोष'बाट एक रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको छ।

images
images
images

अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।

images
images

यसैगरी पशुपति क्षेत्रमा २० वटाभन्दा धेरै सटर बिनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ। धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ।

images
images

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए।

'हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ' उनले भने।

बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो। सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो। रासस


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९०४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend