शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

खनिज पदार्थ उत्खनन् गर्नेले जेठ मसान्तभित्र तौलपुल राख्नु पर्ने

images
शुक्रबार, फागुन १९ २०७९
images
खनिज पदार्थ उत्खनन् गर्नेले जेठ मसान्तभित्र तौलपुल राख्नु पर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खानी तथा भूगर्भ विभागले खनिज पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि उत्खनन् गर्न लाइसेन्स लिएका कम्पनीहरुले अनिवार्य रुपमा मापन गर्ने तौलपुल राख्नु पर्ने व्यवस्था कार्यान्वयनमा लैजाने भएको छ।

images
images

काठमाडौं- खानी तथा भूगर्भ विभागले खनिज पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि उत्खनन् गर्न लाइसेन्स लिएका कम्पनीहरुले अनिवार्य रुपमा मापन गर्ने तौलपुल राख्नु पर्ने व्यवस्था कार्यान्वयनमा लैजाने भएको छ। विभागले जेठ मसान्तसम्म खनिज उत्खनन् गर्नेले अनिवार्य रुपमा तौलपुल राख्नु पर्ने सूचना जारी गरेको छ। 

images
images
images

उत्खनन् अनुमतिपत्र प्राप्त गरी नियमानुसार खनिज पदार्थ उत्खनन् कार्यको स्वीकृति प्राप्त गर्ने व्यक्ति / कम्पनीहरुले विद्यमान खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को (ङ) बमोजिम खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरु राख्‍न विभागले निर्देशन दिएको छ। तौलपुल तथा मापन गर्ने यन्त्र राख्नु पर्ने कानूनी व्यवस्था भएपनि कतिपय कम्पनीहरुले मापनयन्त्र नराखेको अनुगमनबाट फेला परेको समेत जनाएको छ।

images
images

विभागबाट उत्खनन् अनुमतिपत्र जारी गर्दाको समयमा नै अनिवार्य रुपमा तौलपुलको व्यवस्था गर्नुपर्ने समेतको शर्त तोकिने गरेको छ। तर कतिपय उद्योगहरुले त्यसको पालना गरेका थिएन्। 

images
images

उत्खनन् अनुतिपत्र जारी गरिएका खानी क्षेत्रमा विभागीय अनुगमनको क्रममा कतिपय खानी सञ्चालकहरुले सम्पूर्ण प्रक्रिया पुरा गरी उत्खनन् / उत्पादन गरी उत्खनित खनिज पदार्थको परिमाण यकिन गर्न खानीद्वारमा तौलपुलको व्यवस्था नगरेको पाईएको विभागले जनाएको छ।  अनिवार्य रुपमा तौलपूलको व्यवस्था गर्न र सोको जानकारी विभागलाई गराउन पटक पटक निर्देशन दिइएता  पनि कम्पनीहरुले पालना नगरेको विभागको ठहर छ। 

विभागको निर्देशन हालसम्म पालना नगरेको तथा कतिपय खानी सञ्चालकहरुले खानीद्वारमा तौलपुलको व्यवस्था नगरी अन्य स्थानमा लगेर तौल यकिन गरी सो बमोजिम रोयल्टी दाखिला गरेको पाईएको समेत विभागको भनाइ छ। 

विभागले अब उप्रान्त जेठ मसान्तसम्म भित्र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को उल्लेखित व्यवस्था बमोजिम खानीद्वारमा अनिवार्य रुपमा तौलपुलको व्यवस्था गरी गराई सोको जानकारी विभागलाई गराउनु  भनेको छ। विभागको निर्देशन तथा कानुनी अनुसार काम नभएको अवस्थामा  प्रचलित खानी तथा खनिज पदार्थ सम्बन्धी कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईने विभागले चेतावनी दिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९००:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend