बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हुन्डाईको नयाँ ग्रान्ड आईटेन नियोस सार्वजनिक

बिहीबार , फागुन १८ २०७९
हुन्डाईको नयाँ ग्रान्ड आईटेन नियोस सार्वजनिक

मटी अप्सनमा इरा, म्याग्ना र स्पोर्टज् भेरीयन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोर्टज् भेरियन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आईटेन नियोसको प्रारम्भिक मूल्य २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।  

काठमाडौं- नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो  लोकप्रिय मोडल ग्रान्ड आईटेन नियोसको फेसलिफ्ट भर्सन भित्राएको छ।   

हुन्डाई ग्रान्ड आईटेन नियोसको पूर्वमोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो। अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्रान्ड आईटेन नियोस कम्पनीले प्रवर्धन गरे जस्तै उत्कृष्ट बनेको छ। पूर्वमोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षाजस्ता विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ। 

हुन्डाई ग्रान्ड आईटेन नियोस समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छ। गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलईडी टेल लाइट जडित लाइटबारले नयाँ ग्रान्ड आईटेन नियोसलाई विशिष्ट स्वरूप दिएको छ। त्यस्तै ग्रान्ड आईटेन नियोसको अघिल्लो भागमा रहेको पेन्टेड ब्लयाक रेडियटर ग्रिल र एलईडी डेटाइम रनिङ लाइटले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ। 

नयाँ ग्रान्ड आईटेन नियोस १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ। १ सय ६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो ह्याचब्याकको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ अनुभव पाउन सक्नेछन्। एमटी अप्सनमा इरा, म्याग्ना र स्पोर्टज् भेरीयन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोर्टज् भेरियन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आईटेन नियोसको प्रारम्भिक मूल्य २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।  

नयाँ ग्रान्ड आईटेन नियोसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ। हुन्डाई नेपाल उत्कृष्ट कारहरुसँगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिरपरिचित रहेको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ। 


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend