सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विमलनगर-घाँसीकुवा सडक दैनिक चार घण्टा बन्द

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
विमलनगर-घाँसीकुवा सडक दैनिक चार घण्टा बन्द

बिहीबारदेखि २७ गतेसम्म १० दिनका लागि उक्त सडकखण्ड राति चार घण्टा बन्द रहने जिल्ला प्रशासन कार्यालय, तनहुँका सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए। 

काठमाडौं- पृथ्वी राजमार्गको मुग्लिङ-पोखरा सडकखण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको सडकखण्ड बिहीबारदेखि राति चार घण्टा बन्द हुने भएको छ। 

आजदेखि २७ गतेसम्म १० दिनका लागि उक्त सडकखण्ड राति चार घण्टा बन्द रहने जिल्ला प्रशासन कार्यालय, तनहुँका सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए। 

उनका अनुसार सडक विस्तारको काम भइरहेका कारण राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडकखण्ड बन्द गर्न लागिएको हो। अत्यावश्यक सवारी साधनहरु भने चल्न दिइने उनले बताए।

अत्यावश्यक सवारी साधन भने उक्त समयमा पनि सञ्चालन हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। ‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो’, उनले भने। 

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ। आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ। 

दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ। सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशंका उब्जिएको छ। पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति १५ दशमलव पाँच प्रतिशत छ। सुवेदीका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ। विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त छ।


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend