शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

थानकोट-चित्लाङ सडकमा यातायात सञ्चालन

images
बिहीबार , फागुन १८ २०७९
images
थानकोट-चित्लाङ सडकमा यातायात सञ्चालन

यसअघि काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो। 

images
images

मकवानपुर- थानकोट-चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन्। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो। 

images
images
images

काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। यसअघि काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो। 

images
images

भीमफेदी-कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारी साधनलाई चित्लाङ-थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए। 

images
images

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौं एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट-चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट-चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ।

काठमाडौंबाट हेटौँडा र हेटौँडाबाट काठमाडौंतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend