शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पृथ्वी शाह समूहमाथि चार मुद्दा चलाउन सीआईबीको सुझाव, ठग्नकै लागि २८ कम्पनी खडा गरेको निष्कर्ष

images
बुधबार, फागुन १७ २०७९
images
पृथ्वी शाह समूहमाथि चार मुद्दा चलाउन सीआईबीको सुझाव, ठग्नकै लागि २८ कम्पनी खडा गरेको निष्कर्ष

शाहले ५६ जनालाई ठगेको सीआईबीको निष्कर्ष छ। ठग्नकै लागि २४ वटा कम्पनी खडा गरेको अनुसन्धानमा खुलेको छ। ठगी र संगठित अपराधमा शाहसहित २० जना संलग्न रहेको सीआईबीले जनाएको छ। 

images
images

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी मुद्दामा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध चारवटा मुद्दा चलाउन सुझाव दिएको छ। 

images
images
images

बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी सीआईबीले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो।

images
images

शाहले ५६ जनालाई ठगेको सीआईबीको निष्कर्ष छ। ठग्नकै लागि २४ वटा कम्पनी खडा गरेको अनुसन्धानमा खुलेको छ। ठगी र संगठित अपराधमा शाहसहित २० जना संलग्न रहेको सीआईबीले जनाएको छ। 

images
images

रिमोट एक्सेसबाट पीडितहरुको डिभाइस मार्फत बैंक एकाउण्टमा पहुँच पुर्‍याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको, पीडितको खाताबाट विभिन्न बैंकहरु हुँदै रकम ट्रान्सफर भएर आउँदा आवश्यकता बमोजिम बैंकहरुलाई खातावाला (पीडित) का तर्फबाट आफैलाई इमेल पठाउने गरेको पनि खुलेको छ।

क्यान्सर, अल्जाइमर रोगबाट पीडित र जेष्ठ नागरिकहरुलाई टार्गेट गरी ठगी गर्ने र पीडितहरुलाई मनि लाउण्डरिङले कारबाही गर्छ र कानूनी उल्झनमा परिन्छ भन्दै पीडितहरुलाई कानूनी प्रक्रियामा नजान धम्की दिने, पीडितलाई फोन गरेर उनीहरुमाथि निगरानी गर्ने गरेको पनि अनुसन्धानमा खुलेको छ।  

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो। ब्यूरोका अनुसार उनीहरुबाट अहिलेसम्म ५६ जना ठगिएको पाइएकोमा २४ वटा मात्रै उजुरी परेको थियाे। 

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ। जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेका छन्। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend