शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

जजीरा एयरवेजले फागुन २५ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: उडान सुरू गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
जजीरा एयरवेजले फागुन २५ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: उडान सुरू गर्ने 

जजीराले भैरहवाबाट हप्तामा ३ वटा उडान गर्ने छ। 

images
images

काठमाडौं- जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गते नियमित उडान फेरि सुरु गर्ने भएको छ। 

images
images
images

जजीराले भैरहवाबाट हप्तामा ३ वटा उडान गर्ने छ। 

images
images

जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८:०५ बजे उडान गर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान  १०:५५ बजे अवतरण गर्ने छ ।

images
images

भैरहवा र कुवेतसम्मका लागि भाडा २८ हजार ८३६ रुपैयाँ रहेको छ। 

नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनैमध्य पूर्व लक्षित उडान गर्न लागिएको जजीराको जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले बताए। 

'लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गर्दैछौँ। यसले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पुग्ने विश्वास छ' उनले भने। 


प्रकाशित : बुधबार, फागुन १७ २०७९०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend