शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट मतियार ठहर, ५ जनाले पाए सफाइ

images
मंगलबार, फागुन १६ २०७९
images
कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट मतियार ठहर, ५ जनाले पाए सफाइ

१४ जनाविरुद्ध परेको मुद्दामा रत्नबहादुर गाह मगर, शेरसिंह धामी, पहलबहादुर स्वाँर, मदनप्रसाद रिमाल र जगदेव चौधरी गरी पाँच जनाले भने सफाइ पाएको विशेष अदालत स्रोतले जानकारी दिएको छ।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

images
images
images

विशेष अदालतले उनलाई काठमाडौं फनपार्कको जग्गामा मतियार ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो।

images
images

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको छ। मनाङबाट निर्वाचित सांसद गुरुङ निलम्बनमा छन्। 

images
images

१४ जनाविरुद्ध परेको मुद्दामा रत्नबहादुर गाह मगर, प्रेमसिंह धामी, बलबहादुर स्वाँर, मदनप्रसाद रिमाल र जगदेव चौधरी गरी पाँच जनाले भने सफाइ पाएको विशेष अदालत स्रोतले जानकारी दिएको छ।

समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत ठेक्का सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी थियो। 

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरिएको थियो। 

अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रन्न गाहामगर, तत्कानीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाएको थियो।


प्रकाशित : मंगलबार, फागुन १६ २०७९१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend