शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

विश्व बैंकबाट १० करोड डलर ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

images
मंगलबार, फागुन १६ २०७९
images
विश्व बैंकबाट १० करोड डलर ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्झौतालाई अन्तिम रुप दिनका लागि वार्ता टोली गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। 

images
images

काठमाडौं- सरकारले विश्व बैंकबाट १० करोड अमेरिकी डलर ऋणका लागि वार्ता टोली गठन गर्ने भएको छ। 

images
images
images

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऋण लिने सम्झौता गर्नका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। 

images
images

नेपालको गुणस्तरीय स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आवश्यक ऋणसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिनका लागि वार्ता टोली गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

images
images

यो कार्यक्रमका लागि सरकारले १० करोड डलर ऋण तथा ३८ लाख डलर अनुदान पाउने छ। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend