शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

दुईदिन लगातार घटेको सुनचाँदीको मूल्य आज स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
images
दुईदिन लगातार घटेको सुनचाँदीको मूल्य आज स्थिर

आइतबारको तुलनामा सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।   

images
images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

आइतबारको तुलनामा सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।   

images
images

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ३ सय कायम छ। सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। 

images
images

आज चाँदीको मूल्य पनि स्थिर छ। सोमबार पाँच रूपैयाँले घटेर चाँदी प्रतिताेला एक हजार दुईसय ५५ रूपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्य कायम रहेको महासंघले जनाएको छ। 

चाँदी आइतबार एक हजार दुईसय ६० रूपैयाँमा कारोबार भएको थियो भने छापावाल सुन एक लाख दुई हजार र तेजाबी सुन एक लाख एक हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

साे दिन चाँदी १५ रूपैयाँ र सुन चारसय रूपैयाँले सस्तिएको थियो। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend