बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नक्सालमा सुजुकीको नेक्सजेन डिलरसिपमा स्मार्ट सिरोजेनिक्स 

मंगलबार, फागुन १६ २०७९
नक्सालमा सुजुकीको नेक्सजेन डिलरसिपमा स्मार्ट सिरोजेनिक्स 

सवारीसाधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्सजेन च्यानलको बेन्चमार्क पनि हो।

काठमाडौं- नेपालका लागि सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङसले आफुले बिक्री गर्दै आएका सुजुकि ब्राण्डका विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेन्टका सवारी साधनहरुको बिक्री व्यवस्थापन गर्न सीजी नेक्सजेनको अवधारणा ल्याएको छ। सोही अवधारणा अन्तर्गत ग्राहकहरुलाई विश्व स्तरीया सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको नक्सालमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ। 

सवारीसाधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्सजेन च्यानलको बेन्चमार्क पनि हो। ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको कम्पनीले जनाएको छ। सीजी नेक्सजेनमार्फत सुजुकी ब्राण्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन भने ग्राहकहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने छन्। यही विश्वासको साथ नक्साल स्थित स्टेस अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्रान्ड भिटारा, एसक्रस, इर्टिगा, एक्सएलसिक्स, डिजायर, इग्निस, बलेनोजस्ता प्रिमियम गाडीहरु खरिद गर्न सक्नेछन्। 

शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुविधा एउटै छानाबाट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपालप्रसाद शिरोहियाले संयुक्त रुपमा गरेका हुन्।  

स्मार्ट सिरोजेनिक्सका निर्देशक बिनोद शिरोहियाका अनुसार सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड भएको र सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित भएको उनको भनाइ छ। यो शोरुमबाट सुजुकीका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने विश्वाससमेत दिलाउन चाहेको उनले बताए। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend