शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

यूके पठाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने दुईजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
images
यूके पठाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं कालीमाटी बस्ने भारतका २५ वर्षीय सुदिश कुमार साह र साेही ठाउँ बस्ने काभ्रेकी २७ वर्षीया सुनिता परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

images
images

काठमाडौं- यूकेमा रोजगारी मिलाइदिन्छु भन्दै अनलाईनमार्फत २३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। 

images
images
images

काठमाडौं कालीमाटी बस्ने भारतका २५ वर्षीय सुदिश कुमार साह र साेही ठाउँ बस्ने काभ्रेकी २७ वर्षीया सुनिता परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

images
images

उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेसा गर्छु भन्दै झुटो विवरण दिएका थिए। पीडितहरुसँग मोबाइल नम्बर लिएर वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेका थिए।

images
images

यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाइदिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरुलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, इन्सुरेन्स, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाएर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको छ ।  


प्रकाशित : सोमबार, फागुन १५ २०७९११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend