बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हुन्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
हुन्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

एक्सचेन्ज अफर योजना नेपालभरिका हुन्डाई शाेरुमहरुमा उपलब्ध छ।

काठमाडौं- नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ।  

हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो, जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याएर हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन्।

यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ। यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन्। 

एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई शाेरुमहरुमा उपलब्ध छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend