शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

तीन वर्षदेखि न्यून क्षमतामा चलेको नीकको आम्दानीमा छलाङ 

images
सोमबार, फागुन १५ २०७९
images
तीन वर्षदेखि न्यून क्षमतामा चलेको नीकको आम्दानीमा छलाङ 

विवरणअनुसार कम्पनी पछिल्लो तीन वर्षदेखि न्यून क्षमतामा चलिरहेको छ। कम्पनीले सन् २०२० मा ५० करोड र २०२१ मा ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

images
images

काठमाडौं- विद्यतीय उपकरण निर्माता कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी(नीक) पछिल्लो तीन वर्षदेखि न्यून क्षमतामा सञ्चालन भएपनि आम्दानीमा भने छलाङ हानेको छ। 

images
images
images

क्रेडिट रेटिङ एजेन्सीले उल्लेख गरेको वित्तीय विवरण अनुसार नीकले गएको आर्थिक वर्षमा १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। 

images
images

कोरोना महामारी सुरू भएदेखि न्यून क्षमता तथा आम्दानीमा चलिरहेको कम्पनीले सन् २०२२ मा आम्दानी दोबरले बढाएको छ।

images
images

विवरण अनुसार कम्पनी पछिल्लो तीन वर्षदेखि न्यून क्षमतामा चलिरहेको छ। कम्पनीले सन् २०२० मा ५० करोड र २०२१ मा ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

सबैभन्दा ठूलो क्लाइन्ट नेपाल विद्युत प्राधिकरण भएको र प्राधिकरणसँग खुला प्रतिस्पर्धाबाट काम लिनुपर्ने प्रकृतिको व्यापार रहेको कम्पनीले पछिल्लो समय सम्झौता अनुसारको आपूर्ति बढाउन सफल भएको हो। यही कारणले आम्दानिमा वृद्धि भएको छ। 

आम्दानी बढेपनि कम्पनीको सञ्चालन मुनाफा भने घटेको छ। पछिल्ला २ वर्षको तुलनामा कम्पनीले गत वर्ष न्यून मार्जिन हात पारेको छ। सन् २०२० मा १७ प्रतिशत मार्जिन रहेको कम्पनीको २०२१ मा १३ प्रतिशत थियो। सन् २०२२ मा भने ९ प्रतिशतमा झरेको छ। 

कम्पनीले नेपालमा निर्माण गर्ने ट्रान्सफर्मर लगायतका उपकरणको निर्माणमा आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेका कारणले मार्जिन घटेको हो। 

कम्पनील कूल ४ अर्ब ऋणका लागि रेटिङ गराएको छ। ५० करोडबढीको ऋण लिनका लागि यस्त रेटिङ गराउनुपर्ने व्यवस्था रहेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीलाई दीर्घकालीन टर्म सुविधाका लागि डबल बी र छोटो अवधिका लागि ए फोर रेटिङ दिएको छ। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend