सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम सकिँदै

विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन सकेको थिएन। सबै समस्याको समाधान गर्दै जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

काठमाडौं- जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ।

विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन सकेको थिएन। सबै समस्याको समाधान गर्दै जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो। उनले भने, ‘त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ। सामाधान हुनासाथ कालोपत्र गर्न सकिन्छ।’

सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए। बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए। यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको उनले बताए। उनले भने, ‘सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ।’

विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो। लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो। यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो। सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए। रासस 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend