शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

म्याद गुज्रिएको खाद्यान्न भेटिएपछि सिंहदरबार परिसरको केन्द्रीय क्यान्टिन सञ्चालकलाई ३ लाख जरिवाना

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
images
म्याद गुज्रिएको खाद्यान्न भेटिएपछि सिंहदरबार परिसरको केन्द्रीय क्यान्टिन सञ्चालकलाई ३ लाख जरिवाना

अनुगमनको क्रममा सिंहदरबार परिसरमा रहेको केन्द्रीय क्यान्टिन खान योग्य अवधी सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलावा दुर्गन्धित मासु र तरकारी समेत फेला परेको थियो। 

images
images

काठमाडौं- देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरमा सञ्चालित क्यान्टिनहरूमा अखाद्य खानेकुरा भेटिएको छ। 

images
images
images

सरकारी अनुमगनको क्रममा त्यहाँ पाक्ने खानेकुरामा प्रयोग हुने मसला तथा तरकारीहरूमा अखाद्य पदार्थ भेटिएको हो। आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आकस्मिक अनुगमनमा खानका लागि अयोग्य वस्तु् पाइएको हो। 

images
images

अनुगमनको क्रममा सिंहदरबार परिसरमा रहेको केन्द्रीय क्यान्टिन खान योग्य अवधी सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलावा दुर्गन्धित मासु र तरकारी समेत फेला परेको थियो। 

images
images

अनुगमनका क्रममा भेटिएका यस्ता वस्तु नष्ट गरि कञ्चन चमेना गृहका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल  ३ लाख जरिवाना  गरिएको विभागले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend