शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानबीन सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानबीन सुरु

सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्यांकरको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशंका गरिएको हो। मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ।

images
images

झापा- भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबीन सुरु गरिएको छ।

images
images
images

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबीन थालेको हो। टोलीले मेचीनगर-१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ।

images
images

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। 'केन्द्रबाट आउनुभएको छानबीन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ', उनले भने।

images
images

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १-०१-००-१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे१ख २१५१, उत्तरगङ्गा यातायात प्रालीका नाममा रहेको ना७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सका नाममा रहेको ना७ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ।

ती ट्यांकर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ। भारतबाट ट्यांकरबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै विक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबीन समितिले आजदेखि छानबीन थालेको हो। छानबीन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन्।

भारतमा नेपालको तुलनामा मट्टितेलको मूल्य कम रहेको छ। अझ सरकारी कोटाको मट्टितेल झनै सस्तो हुने गर्दछ। नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टितेल मिसाइएको हुनसक्ने आशंका गरिएको छ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमी टाढा रहेको छ भने चारआली डिपो १५ किमीमा छ। भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्यांकरको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्दछ।

चारआलीस्थित निगमको कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजेलको घनत्व आठ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो। जबकि त्यही तेल भारतको सिलिगुढीमा लोड गर्दा आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो। निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ।

सिलिगुढीबाट चारआली आइपुगेका चारवटै ट्यांकरको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशंका गरिएको हो। मट्टितेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्दछ। रासस


प्रकाशित : आइतबार, फागुन १४ २०७९१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend