शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पुरातत्व विभागले थाल्यो नुवाकोटको लिच्छवीकालीन विहारको अध्ययन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
पुरातत्व विभागले थाल्यो नुवाकोटको लिच्छवीकालीन विहारको अध्ययन

विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरू भएको हो।

images
images

त्रिशूली- नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ।

images
images
images

प्राप्त इतिहासअनुसार करिब चौधसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरू गरेको हो।

images
images

अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी संकलन सुरू गरेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। 

images
images

उनका अनुसार अहिले देखिएका स्वयम्भू/चैत्यको संरचना निकै पुरानो पाइएको छ। विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो। ‘अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ’, प्रवक्ता कुँवरले भने, ‘जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ।’

स्वयम्भू (चैत्य) को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले संकलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन्।
 
स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था

छरिएका ढुंगाका स-साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ। चैत्यको पूर्वी मोहडामा दायाँ-बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए। 

उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन्। मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ।

‘चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो।’

विदुर नगरपालिका-२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन्। सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ।

उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार-स्वयम्भू (चैत्य) सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँलले बताए। रासस 


प्रकाशित : आइतबार, फागुन १४ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend