शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कोइला अभावमा बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः थाल्यो उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
images
कोइला अभावमा बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः थाल्यो उत्पादन

कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको हो।

images
images

मकवानपुर- कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ।

images
images
images

कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको हो।

images
images

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार ६ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ। 

images
images

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार ६ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ।

कोइला आपूर्ति भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए। रासस


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend