शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

टर्की भूकम्प : गुणस्तरहीन भवन बनाएको भन्दै ५ सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु

images
शुक्रबार, फागुन १२ २०७९
images
टर्की भूकम्प : गुणस्तरहीन भवन बनाएको भन्दै ५ सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान सुरु

अनुसन्धानमा तानिएकामध्ये १ सय ७७ जनालाई हिरासतमा लिइएको छ भने १ सय ७५ जना जमानतमा रिहा भएका छन्।

images
images

काठमाडौं- टर्की सरकारले गुणस्तरहीन भवन बनाएका ५ सय ६४ निर्माण व्यवसायीमाथि अनुसन्धान थालेको छ। टर्कीका गृहमन्त्री सुलेमान सोयलुले उनीहरूमाथि आपराधिक अनुसन्धान थालिएको घोषणा गरेका छन्।

images
images
images

भूकम्प प्रभावित ११ प्रान्तका १२ लाख ५० हजार भवन परीक्षण गरिएको, १ लाख ६४ हजार ३ सय २१ भवनका ५ लाख २० हजार फ्ल्याटमा क्षति भएकोले तिनको मर्मत गर्नुपर्ने वातावरणमन्त्री मुरत कुरुमले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

images
images

गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। लाखौँ घरबारविहीन भएका छन्।

images
images

गृहमन्त्रीका अनुसार अनुसन्धानमा तानिएकामध्ये १ सय ७७ जनालाई हिरासतमा लिइएको छ भने १ सय ७५ जना जमानतमा रिहा भएका छन्।

अनुसन्धानमा तानिएकालाई देश छाडेर बाहिर जानबाट प्रतिबन्ध लगाइएको छ। भूकम्प हुने वित्तीकै टर्कीका सञ्चार माध्यमले निर्माण संहिताको वेवास्ता गर्दै निर्माण व्यवसायीले गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएका भवन ढलेका भन्दै उनीहरूको तीव्र आलोचना गरेका थिए।

राष्ट्रपति तैयेप इर्दोगानले भूकम्प प्रभावित प्रान्तमा आगामी एक वर्षमा २ लाख ७० हजार घर बनाउने घोषणा गरेका छन्।

 


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend