सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तामाकोशीमा पानीजहाज चलाउन विस्तृत सम्भाव्यता अध्ययन हुँदै, छानियो कम्पनी

शुक्रबार, फागुन १२ २०७९
तामाकोशीमा पानीजहाज चलाउन विस्तृत सम्भाव्यता अध्ययन हुँदै, छानियो कम्पनी

काठमाडौं- तामाकोशी नदीमा पानीजहाज सञ्चालनका लागि सरकारले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ। पानीजहाज कार्यालयले नदीमा पानीजहाज सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्ने गरी कम्पनी छनोट गरेको छ।

डीपीआर तयार पार्नका लागि कार्यालयले परामर्शदाता छनोट गरेको छ। कार्यालयले मल्टी-आईटीईको-अमृत जेभी छनोट गरेको छ।आवेदन दिएका मध्ये प्राविधिक रुपमा सबैभन्दा सफल कम्पनी मल्टी-आईटीईको-अमृत जेभी रहेको भन्दै तामाकोशीमा पानी जहाज सञ्चालनको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिएको हो।

यस अघि कार्यालयले सुनकोशी नदीमा पानीजहाज सञ्चालनका लागि  विस्तृत सम्भाव्यता अध्ययन गर्ने  कम्पनी छनोट गरेको थियो। सुनकोशीमा पानी जहाज सञ्चालनका लागि कार्यालयले आरआईटीआई-टीएमएस-आईईएस जेभी छनोट गरेको थियो।


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९००:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend