शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भन्सार नाकामा रोकिएका सवारीसाधन छुटाउन नाडाको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
भन्सार नाकामा रोकिएका सवारीसाधन छुटाउन नाडाको आग्रह

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा बिहीबार भन्सार विभाग गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भन्सार नाकामा रहेका सवारीसाधनहरु छुटाउन आग्रह गरेको छ। 

images
images

काठमाडौं- लामो समयदेखि भन्सार नाकाहरुमा रहेका सवारीसाधनहरु छुटाउन तथा त्यसको सहज निकासका लागि आग्रह गरिएको छ।

images
images
images

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा बिहीबार भन्सार विभाग गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भन्सार नाकामा रहेका सवारीसाधनहरु छुटाउन आग्रह गरेको हो।

images
images

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद-बिक्रीमा कुनै सुधार हुन नसकेको बताए। यसैकारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफ्ना सवारीसाधनहरु उठाउन नसकेको उनले स्पष्ट पारे।

images
images

यस्तै नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप र भ्यानजस्ता सवारीसाधनको बजार वार्षिक १७/१८ हजार रहेकामा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताए। उनका अनुसार कुल सवारीसाधनको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको छ।

नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्यांकनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेश गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गरे। सन्दर्भ मूल्य सूचीले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचीलाई खारेज गर्नुपर्ने उनले धारणा राखे।

छलफलमा विभागका महानिर्देशक बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक-पटक छलफल भइसकेको बताए। नेपालका भन्सार नाकाहरुबाट छुटाउन बाँकी रहेका सवारीसाधनहरु (दुई पांग्रे तथा तीन पांग्रेबाहेक) को विवरण यथाशीघ्र विभागमा पठाउन अनुरोध समेत गरे।           


प्रकाशित : बिहीबार , फागुन ११ २०७९१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend