शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि मालवाहक सवारी र स्कूल बसका लागि तोकियो समय

images
बिहीबार , फागुन ११ २०७९
images
ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि मालवाहक सवारी र स्कूल बसका लागि तोकियो समय
ग्वार्को फ्लाइओभरको डिजाइन।

फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख खर्च हुनेछ। 

images
images

काठमाडौं- ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ।

images
images
images

ललितपुर ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणको काम भइरहेकाले सवारी चाप हुने समय बिहान ८ देखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारी साधनहरूले बालकुमारीदेखि ग्वार्को र सातदोवाटोदेखि ग्वार्को सडकको प्रयोग नगरी वैकल्पिक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

images
images

साथै स्कूल बसहरू बिहान ९ बजेभित्र ग्वार्को आइसक्नु पर्ने र ग्वार्कोबाट दिउँसो ४ बजेभित्र बाहिरिनु पर्ने प्रहरीले जनाएको छ।

images
images

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। 

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई-दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको छ। अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन्। ‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने देखिन्छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाई ओभर’को उचाइ छ मिटर हुने गरी निर्माण सुरु गरिएको छ। फ्लाइओभरमा पुग्न बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ। बालकुमारीतर्फ दुई सय ८० मिटर र सातादोबाटोतर्फ एक सय ७५ मिटर लम्बाइको ‘र्‍याम’ हुनेछ। ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ। 

फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख खर्च हुनेछ। 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend