सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मदन भण्डारी राजमार्गमा ३५ पुलमध्ये ४ पुलको निर्माण सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
मदन भण्डारी राजमार्गमा ३५ पुलमध्ये ४ पुलको निर्माण सम्पन्न

अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको साथै टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको जनाइएको छ। 

झापा- मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ। बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ।

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए। निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए। उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। 

'सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ', उनले भने, 'यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ।' उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए। उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ। 

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उनले बताए। १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७  पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend