शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी, ९० प्रतिशत काम सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
बैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी, ९० प्रतिशत काम सकियो

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो। निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।

images
images

बलेवा- बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी बैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ। परियोजनाको बागलुङ नगरपालिका-३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको हो।

images
images
images

लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ। ‘हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन’, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले बताए। उनका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्यांकीमा पुर्‍याउने लक्ष्य छ।

images
images

प्रशोधन ट्यांकीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने उनको भनाइ छ। 

images
images

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो। निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।

शर्माले भने, ‘खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ।’ बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरणपछि वितरण गर्नेगरी काम भइरहेको छ। ३२ करोड २५ लाख रूपैयाँको लागतमा निर्माण थालिएको हो। कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ। पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन्। पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्यांकी तयार गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए। 

अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ। बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend