शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लुब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको सहभागिता

images
बिहीबार , फागुन ११ २०७९
images
भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लुब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको सहभागिता

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ।

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुगड ब्रदर्स एन्ड सन्स प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा सहभागिता जनाएको छ। 

images
images
images

उक्त सर्भिस क्याम्प माघ ८  देखि फागुन ३ सम्म काठमाडौं उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा  सम्पन्न भएको हो। दुगड ब्रदर्स एन्ड सन्सले भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो। गल्फ लुब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कुटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरीय गुणस्तरको ल्युव उत्पादन गर्दै आइरहेको छ।  

images
images

सो क्याम्पमा सहभागी १८ सयभन्दा धेरै ग्राहक मध्ये ६ ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लुब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्रबाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्तिमाया मगर (गहनापोखरी), अमीरमान भट्टाचार्य (झम्सिखेल), र राजु गुरुङ (बालाजु) बिजेता घोषित भएका थिए।   

images
images

कम्पनीका अनुसार दुगड ब्रदर्स एन्ड सन्सद्वारा सञ्चालित यस क्याम्पमा सहभागिता जानउनुका मुख्य उद्देश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गुणवत्ता र  उपादेयता सम्बन्धमा सशुचित गर्न तथा गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ। 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend