शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

उपत्यकामा खुल्यो जग्गा कित्ताकाट, फागुनपछि घरजग्गा कारोबार पुनः बढ्ने अनुमान

images
बिहीबार , फागुन ११ २०७९
images
उपत्यकामा खुल्यो जग्गा कित्ताकाट, फागुनपछि घरजग्गा कारोबार पुनः बढ्ने अनुमान

काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्। 

images
images

काठमाडौं- भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपत्यकामा जग्गा कित्ताकाट खुलाएको छ। उपत्यकामा कित्ताकाट खुलेसँगै घरजग्गा कारोबारमा पुनः लगानीकर्ता फर्किने अनुमान गरिएको छ। जग्गा वर्गीकरण नहुँदा गतवर्षदेखि नै कित्ताकाट खुलेको थिएन। 

images
images
images

गत पुसदेखि नै घरजग्गा कारोबार भने वृद्धि देखिएको थियो। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुला गरेको विभागले जनाएको छ।

images
images

स्थानीय तहले कृषि र गैर कृषि छुट्याएसँगै कित्ताकाट खोलिएको हो। सरकारले गत जेठ २३ गतेदेखि भूउपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐननियममा निर्देशित भएको थियो। नयाँ नियमसँगै  कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्नुपर्ने हुन्छ। 

images
images

माघ महिनामा घरजग्गा कारोबार ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८७१ पुगेको विभागले जनाएको छ। 

मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना कात्तिकमा २७ हजार ९३९ घरजग्गा किनबेच भएको थियो। माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच हो।

गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन। ठूला लगानीकर्तालाई बैंकको दबाब भएपछि साना लगानीकर्ताहरू समेत मारमा परेका थिए। कित्ताकाट खुलेसँगै फागुन पछि घरजग्गा कारोबारमा झनै उत्साह आउने अनुमान गरिएको छ। 

उपत्यकामा कहाँ कहाँ खुल्यो? 

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्। 

त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्।  

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्।


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend