शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

उपत्यका यात्रा नै छैन सुरक्षित, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
उपत्यका यात्रा नै छैन सुरक्षित, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा

चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ।

images
images

काठमाडौं- सुविधायुक्त स्थल काठमाडौं उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

images
images
images

चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्र बनाइएको थियो।  

images
images

चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१ हजार पाँच सय आठ सवारी चालकलाई कारबाही गरिएको छ। तीमध्ये ढोका खुल्ला राखेर सवारी साधन गुडाउने मात्रै १५ हजार छ सय २९ चालक कारबाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

images
images

ढोका खुला राख्दा त्यहाँबाट यात्रु खस्ने जोखिम बढी हुन्छ। प्राप्त विवरणानुसार साउन महिनामा दुई हजार छ सय ८३, भदौमा दुई  हजार आठ सय ७३, असोजमा सात सय ४९, कात्तिकमा एक  हजार आठ सय २६, मंसिरमा दुई हजार आठ सय २६, पुसमा दुई हजार सात सय ३४ र माघ महिनामा एक हजार नौ सय ३८ चालक काराबाहीमा परेका थिए।

ढोका खुला राख्ने धेरै भए पनि क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउँदै गरेका पाँच हजार आठ सय दुई चालकलाई पनि कारबाही गरिएको उनले बताए। त्यस्तै ७७ टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो। टेम्पोको पछाडि यात्रुलाई झुन्ड्याएर यात्रा गराएको पाइएपछि उनीहरूलाई कारबाही गरिएको हो। 

क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुन्डिएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरे। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ मा सवारी साधनमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकामा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा कारबाही हुने व्यवस्था छ। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend