शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

थापाथलीमा कारले चार मोटरसाइकलसहित एक बसलाई ठक्कर दिँदा दुर्घटना

images
बिहीबार , फागुन ११ २०७९
images
थापाथलीमा कारले चार मोटरसाइकलसहित एक बसलाई ठक्कर दिँदा दुर्घटना

कारसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- ट्राफिक बत्तीमा रोकिएर अघि बढ्ने बेला थापाथलीमा एउटा कारले पछाडिबाट पाँचवटा सवारीमा ठक्कर दिँदा दुर्घटना भएको छ। प्रहरीका अनुसार कारले दुई स्कुटर, दुई मोटरसाइकल र एउटा ठूलो बसमा ठक्कर दिएको हो।

images
images
images

चारवटै सवारीलाई बागमती प्रदेश ०१, ०२६ च ५४११ नम्बरको इलेक्ट्रिक एमजी कारले ठक्कर दिएको हो। ठक्करले एक मोटरसाइकल चालक घाइते भएका छन्। कारले दिएको ठक्करले एउटा मोटरसाइकल बसको तल पसेको थियो। उक्त मोटरसाइकलका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ। 

images
images
thapathali accident (3).jpg

ठक्करका कारणले अन्य सवारीमा पनि क्षति पुगेको छ। कारसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आफू कारमा निदाउन पुगेकाले दुर्घटना भएको कारका चालकले बताएका छन्। 

images
images
thapathali accident (4).jpg


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend