शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
आत्मनिर्भर लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन?

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

images
images

काठमाडौं- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओको बिक्री खुला गरेको हो। 

images
images
images

कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार रूपैयाँ बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

images
images

जसमध्ये कम्पनीले २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ। तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ।

images
images

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’ मार्फत सेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend