शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीमा दुवैतर्फ पैदलमार्ग निर्माण सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
images
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनीमा दुवैतर्फ पैदलमार्ग निर्माण सुरु

बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ।

images
images

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ।

images
images
images

गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो। यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो।

images
images

पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

images
images

विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ। बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ।

उक्त कार्य गाउँपालिकाले ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन ९ २०७९१२:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend