शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कुशेमा यातायात व्यवसायीको लुट, काठमाडौंभन्दा भ्राम आएको भाडा बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
images
कुशेमा यातायात व्यवसायीको लुट, काठमाडौंभन्दा भ्राम आएको भाडा बढी
फाइल तस्बिर

रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।

images
images

जाजरकोट- हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ। रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।

images
images
images

जाजरकोटबाट काठमाडौं गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ। रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबरजस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे। कुशे आवत जावत गर्न सास्ती हुने गरेको यात्रुको भनाइ छ।

images
images

पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखेपनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए। 

images
images

गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदै आएको छ। साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोड्नका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ। पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ। अर्छानी, टालेगाउँलगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन्।

हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन्। गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने संघीय सरकारको नीति रहेको  छ। कुशेमा यातायातको साधन चढ्न निकै मुस्किलमात्र होइन, चुनौतीसमेत हुँदै गएको सर्वसाधारण बताउँछन्। छेडा–कुशे र खलंगा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन्। रासस


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend