शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने – विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
images
महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने – विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु

‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन।’ 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन्। 

images
images
images

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’, उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानका साथ बाँच्ने अवस्थातिर जान्छ।’

images
images

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन।’ 

images
images

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 

आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, उर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। 

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०६:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend