शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

टाटा मोटर्सले उबरलाई २५ हजार एक्सप्रेस टी विद्युतीय सेडान उपलब्ध गराउने, नेपालमा पनि चल्दै छन् एक्सप्रेस टी ट्याक्सी

images
मंगलबार, फागुन ९ २०७९
images
टाटा मोटर्सले उबरलाई २५ हजार एक्सप्रेस टी विद्युतीय सेडान उपलब्ध गराउने, नेपालमा पनि चल्दै छन् एक्सप्रेस टी ट्याक्सी

२५ हजार वटा एक्सप्रेस टी विद्युतीय सेडान कार प्राप्त भएसँगै उबरले सो कार मार्फत दिल्ली एनसीआर, मुम्बई, कोलकाता, चेन्नइ, हैदराबाद, बैंलोलगायत सहरमा सेवा उपलब्ध गराउने छ।

images
images

काठमाडौं- विद्युतीय सवारीका क्षेत्रमा टाटा मोटर्सले अर्को एउटा ठूलो डिल गरेको छ। टाटा मोटर्सले सोमबार उबरलाई २५ हजार वटा एक्सप्रेस टी विद्युतीय सेडान कार उपलब्ध गराउने सम्झौता गरेको हो। 

images
images
images

टाटाले उबरलाई २० हजार वटा एक्सप्रेस टी विद्युतीय सेडान कार उपलब्ध गराउने एमओयूमा हस्तारक्ष गरेको छ। उबरले टाटाले उपलब्ध गराउने एक्सप्रेस टी विद्युतीय कार प्रमियम वर्गको सेवामा प्रयोग गर्ने दुई पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उबरले ट्याक्सी तथा कार्गोृ सेवा उपलब्ध गराउँदै आएको छ। 

images
images

२५ हजार वटा एक्सप्रेस टी विद्युतीय सेडान कार प्राप्त भएसँगै उबरले सो कारमार्फत दिल्ली एनसीआर, मुम्बई, कोलकाता, चेन्नइ, हैदराबाद, बैंलोलगायत सहरमा सेवा उपलब्ध गराउने छ। टाटा मोटर्सले उबरलाई एक्सप्रेस टी विद्युतीय कार विभिन्न चरणमा उपलब्ध गराउने छ। उबरलाई टाटा मोटर्सले यही महिनाबाट एक्सप्रेस टी उपलब्ध गराउन सुरु गर्ने छ। 

images
images

टाटा र उबरबीच भएको सम्झौताको वित्तीय विवरण भने सार्वजनिक गरिएको छैन। टाटा मोटर्सले उबरसँग गरेको सम्झौताले हरित मोबिलिटीमा एउटा नयाँ उचाइ कायम गरेको टाटा मोटर्स प्यासेन्जर भेहिकल तथा टाटा मोटर्स इलेक्ट्रिक मोबिलिटीका एमडी शैलेश चन्द्रले बताएका छन्।

‘टाटाका वातावरणमैत्री सवारीमार्फत उबरको प्रिमियम सेवा उपलब्ध हुने भएको छ,’ चन्द्रले भनेका छन्, ‘कार्गो र ट्याक्सी सर्भिसमा टाटा मोटर्सको योगदान थप मदबुत बनेको छ।’ यता उबर इन्डिया तथा दक्षिण एसिया प्रमुख प्रवजीत सिंहले पनि टाटा मोटर्ससँगको सम्झौताले नयाँ यात्राका लागि कोषेढुंगा सावित हुने बताएका छन्। 

टाटा मोटर्सले हालसम्म भारतमा व्यक्तिगत तथा भाडाको प्रयोजनका लागि ५० हजारभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको छ। त्यस्तै टाटाको नेक्सन ईभी, टिगोर ईभी नेपाली बजारमा पनि उल्लेख्य रुपमा बिक्री भइरहेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री भएका विद्युीय सवारीमा आफ्नो बजार हिस्सा करिब ८० प्रतिशत रहेको दाबी गरेको छ। 

त्यसैगरि केन्द्र सरकार तथा बागमती प्रदेश सरकारले बनाएको कानूनअनुसार सिप्रदीले नेपाली बजारमा समेत एक्सप्रेस टी सेडान कारलाई विद्युतीय ट्याक्सीका रुपमा उपलब्ध गराउने भएको छ। त्यसका लागि आवश्यक तयारी सकेर कम्पनीले अबको केही दिनमा एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा बिक्री सुरु गर्ने तयारी गरेका छ। 

टाटाको विद्युतीय एक्सप्रेस टीको विशेषता र रेन्ज

लेन्थ : ३९९३ एमएम

वाइड : १६७७ एमएम

हाइट : १५३२ एमएम

ह्वीलवेस : २४५० एमएम

टर्निङ रेडियस : ५.१ मिटर 

ग्राउन्ड क्लियरेन्स : १७२ एमएम

सिट क्षमता : ५

बुट स्पेस : ३१६ लिटर

कर्ब वेइट : १२३५ केजी

फ्युल टाइम : विद्युतीय

ब्याट्री क्षमता : २६ केडब्लूएच लिथियम आयन 

टर्क : १७० एनएम

रेन्ज : ३०६ किलोमिटर (एआरएआई सर्टिफाइड)

एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ र स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि दिइएको छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर ९२५ केडब्लू डीसी चार्जर० बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ।


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend