शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पूर्वाधारको विकाससँगै देशको ब्रान्डिङ गर्नुपर्नेमा पूर्वराजदूतहरूको जोड, सहकार्य गर्ने मन्त्री किरातीको प्रतिबद्धता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
पूर्वाधारको विकाससँगै देशको ब्रान्डिङ गर्नुपर्नेमा पूर्वराजदूतहरूको जोड, सहकार्य गर्ने मन्त्री किरातीको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन प्रर्वद्धनका लागि मन्त्रालयले आवश्यक सहकार्य गर्ने बताएका छन्। 

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन प्रर्वद्धनका लागि मन्त्रालयले आवश्यक सहकार्य गर्ने बताएका छन्। 

images
images
images

नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र युरोप-नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार आयोजित नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य विषयक कार्यशालामा मन्त्री किरातीले सो कुरा बताएका हुन्। 

images
images

कार्यक्रममा नेपालको पर्यटन प्रर्वद्धनका लागि पूर्वाधारको विकाससँगै देशको ब्रान्डिङ गर्नुपर्नेमा पूर्वराजदूतहरुले जोड दिएका छन्। पूर्वराजदूतहरुले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यसअनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेशस्थित नेपाली दूतावास, पर्यटन मन्त्रालय, बोर्ड तथा गैरआवासीय नेपाली संघबीच समन्वयको खाँचो समेत औँल्याए।

images
images

कार्यक्रममा पूर्व राजदूतहरु डा. सुरेशचन्द्र चालिसे, मोहन कृष्ण श्रेष्ठ, मधुरमण आचार्य,लक्की  शेर्पा, डा. अन्जन शाक्य, रमेश कोईराला, पद्युम्न विक्रम शाह, युवनाथ लुईटेल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै देश अनुसार बजारीकरणको रणनीति तय गर्न मन्त्रालय र बोर्डलाई सुझाव दिए। 

पूर्वराजदूतहरुको सुझावलाई एकिकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताए। उनले नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिन समेत आग्रह गरे।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संशोधनको प्रक्रियामा रहेकाले संशोधनपछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए। 

नेपालको पर्यटन प्रवर्द्धनका लागी विभिन्न देशमा रहेर काम गर्दाका अवसर, चुनौती र समन्वयमा भएको कमिलाई समेटेर समग्र  नेपालको पर्यटन प्रवर्द्धनमा अगाडी बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको  एनआरएनए, नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए। 

कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्वार प्रणालीमा जोड दिए।

कार्यक्रम पश्चात नेपालको पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्य लागि १० बुँदे घोषणा पत्र समेत जारी गरिएको युरोप-नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजक दीपेश शाक्यले जानकारी दिए।  


प्रकाशित : सोमबार, फागुन ८ २०७९१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend