शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

अध्यागमनको इन्टरनेट कनेक्सनमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
अध्यागमनको इन्टरनेट कनेक्सनमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित
फाइल तस्बिर

दिउँसो १२ बजेदेखि इन्टरनेट कनेक्सनमा समस्या आउँदा उडान प्रभावित भएका छन्। 

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा इन्टरनेट अवरुद्ध हुँदा झन्डै दुई घण्टा उडान प्रभावित भएको छ। 

images
images
images

विमानस्थल अध्यागमन कार्यालयमा हरेको इन्टरनेट कनेक्सनको आन्तरिक प्रणालीमा समस्या आउँदा समग्र अध्यामन सेवा प्रभावित भएको थियो। सेवा प्रभावित हुँदा उडान तथा अवतरण पनि ढिला भएको थियो। 

images
images

दिउँसो १२ बजेदेखि इन्टरनेट कनेक्सनमा समस्या आउँदा उडान प्रभावित भएका छन्। 

images
images

अध्यागमन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेका अनुसार अहिले यो समस्या समाधान भइसकेको छ। अध्यागमन कार्यालयमा दुईवटा इन्टरनेट सेवाप्रदायकको कनेक्सन रहेको छ। सेवाप्रदायकको कारणलेभन्दा पनि आन्तरिक वितरण प्रणालीमै समस्या आएकाले सेवा अवरुद्ध भएको थियो। 

अध्यागमनले दिने अधिकांस सेवा अनलाइनमा आधारित हुने भएकाले कनेक्सनमा समस्या आउनेवित्तिकै उडान पनि प्रभावित हुँदै आएको छ। केही समय पहिले सर्भर डाउन हुँदा करिब चार घण्टा उडान अवरूद्ध भएको थियो। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०९:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend