शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

५ निर्माण कम्पनी कालोसूचीमा 

images
सोमबार, फागुन ८ २०७९
images
५ निर्माण कम्पनी कालोसूचीमा 

कालोसूचीमा परेका यी कम्पनीले कालोसूची अवधिभर सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने र आपूर्ति नगर्ने ५ कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका ५ कम्पनीमध्ये एउटालाई २ वर्ष र बाँकी ४ वटालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। 

images
images
images

कालोसूचीमा पर्ने कम्पनीहरुमा इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्राली, मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि, गुण निर्माण सेवा, जय गढीमाइ निर्माण कन्स्ट्रक्सन र कल्पना कन्स्ट्रक्सन प्रालि रहेका छन्। 

images
images

कालोसूचीमा परेका यी कम्पनीले कालोसूची अवधिभर सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। टेन्डर गर्ने निकायले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनक कार्यालयलाई सिफारिस गर्दै आएको छ। 

images
images

सम्बन्धित निकायको सिफारिसका आधारमा कार्यालयले सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राख्दै आएको छ।  


प्रकाशित : सोमबार, फागुन ८ २०७९०५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend