बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रेनो क्वीड पनि विद्युतीय भर्सनमा आउने, रेन्ज ३ सय किलोमिटर

सोमबार, फागुन ८ २०७९
रेनो क्वीड पनि विद्युतीय भर्सनमा आउने, रेन्ज ३ सय किलोमिटर

आईसी इन्जिन कारको बिक्रीमा उत्साहप्रद वृद्धि हुन नसकेपछि रेनो इन्डियाले विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिने नीति लिन लागेको हो।

काठमाडौं- फ्रेन्च सवारी उत्पादक कम्पनी रेनोले भारतीय बजारलाई लक्षित गरेर नयाँ विद्युतीय कार ल्याउने भएको छ। भारतमा उपलब्ध सबैजसो कम्पनीहरूले विद्युतीय कार ल्याइरहेको र ल्याउने घोषणा गरिरहेको समयमा रेनोले पनि विद्युतीय कार ल्याउने बताएको हो। 

हाल भारतीय बजारमा टाटा, महिन्द्रा, हुन्डाई, एमजी, कियालगायत कम्पनीहरूले विद्युतीय कार बिक्री गरिहेको छन्। त्यस्तै अन्य विभिन्न कम्पनीहरूले विभिन्न मोडलका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्। 

रेनो इन्डियाले पनि आफ्नो ह्याचब्याक सेगमेन्टको लोकप्रिय कार क्वीडको विद्युतीय भर्सन ल्याउने घोषणा गरेको हो। रेनो इन्डिया पनि विद्युतीकरणतर्फ उन्मुख भएको छ। आम उपभोक्तालाई लक्षित गरेर रेनोले विद्युतीय कार ल्याने भएको हो। रेनो इन्डियाले २०२३ को अन्त्यसम्ममा क्वीड विद्युतीय कार ल्याउने दाबी गरेको छ। 

आईसी इन्जिन कारको बिक्रीमा उत्साहप्रद वृद्धि हुन नसकेपछि रेनो इन्डियाले विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिने नीति लिन लागेको हो। २०२२ मा रेनो इन्डियाको भारतीय कार बजारमा बिक्री हिस्सा १ प्रतिशतभन्दा कम रहेको छ। 

भारत सरकारले विद्युतीय कार उत्पादन र प्रयोगलाई प्राथमिकता दिएको र २०३० सम्म विद्युतीय कार बिक्रीलाई ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। त्यसैले भारतमा कार उत्पादन गर्दै आएका सबैजसो कम्पनीले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकतामा राखेका छन्। भारत सरकारले विद्युतीय कार उत्पादकलाई विभिन्न सहुलियत समेत उपलब्ध गराएको छ। 

भारतमा इन्ट्रिलेवल विद्युतीय कार सार्वजनिक गर्ने क्रम बढेको छ। टाटाले टियागो ईभीको बिक्री सुरु गरिसकेको छ भने सिट्राृेनले पनि ई-सीथ्री बिक्री गर्ने अन्तिम तयारी गरेको छ। त्यस्तै अन्य कम्पनीहरूले पनि सस्तो मूल्यमा साना विद्युतीय कार उत्पादनलाई प्राथमिकता दिएका छन्। 

रेनो क्वीड ईभी पनि ह्याचब्याक सेगमेन्टको सस्तो मूल्यको विद्युतीय कार हुनेछ। रेनोको क्वीड ईभी १० देखि १५ लाख भारुमा भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ। 

२०२३ को अन्त्यसम्ममा आउने क्वीड ईभीमा  २६ किलोवाट आवरको ब्याट्री प्याक हुने छ जसले ४४ एचपी पावर र १ सय २५ एनएम टर्क जेनेरेट गर्ने छ। यो कारले एक पटकको फुल चार्जमा करिब ३ सय किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ। 

रेनोका कार नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ। भारतीय बजारमा रेनोले विद्युतीय कार सार्वजनिक गरेपछि त्यसको केही समयमा नेपाली बजारमा पनि सो कार आउने छ। विद्युतीय कारको माग नेपाली बजारमा पनि बढ्दै गएकाले सस्तो मूल्यका विद्युतीय कार धेरैको रोजाइमा पर्नेछ। 


प्रकाशित : सोमबार, फागुन ८ २०७९०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend