शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

चिनियाँ अर्बपति बेपत्ताको श्रृंखला : चिनियाँ चर्चित इन्भेष्टमेन्ट बैंकर सम्पर्कविहीन

images
शनिबार, फागुन ६ २०७९
images
चिनियाँ अर्बपति बेपत्ताको श्रृंखला : चिनियाँ चर्चित इन्भेष्टमेन्ट बैंकर सम्पर्कविहीन

इन्भेष्टमेन्ट बैंक चाइना रेनसेन्स होल्डिङका संस्थापक फ्यान पछिल्लो समय सम्पर्कबिहीन भएका छन्। 

images
images

काठमाडौं- चिनियाँ अर्थतन्त्र विस्तार हुँदैजाँदा त्यहाँ व्यक्ति विशेष पनि धनाढ्य भइरहेका छन्। निश्चित व्यक्तिको धनको आकारसँगै व्यक्तिगत प्रभाव पनि उत्तिकै विस्तार भइरहेको छ। 

images
images
images

कुनै पनि व्यक्ति धनसँगै सामाजिक रुपमा पनि प्रभावशाली भइरहँदा चीनमा अर्को घटना देखिँदै आएको छ। धनाढ्य तथा उच्च पेशागत व्यक्तिहरू समय समयमा हराइरहेका छन्। 

images
images

सार्वजनिक कम्पनीको कार्यकारी भुमिकामै रहेका उच्चपदस्थहरू बेपत्ता हुने एउटा सामान्य प्रवृत्ति जस्तै भइरहेको छ। पछिल्लो समय चीनका स्टार इन्भेष्टमेन्ट बैंकर  बेपत्ता भएका छन्। चीनका चर्चित डिलमेकरका रुपमा चिनिएका बाओ फ्यान पछिल्लो समय सम्पर्कबिहिन भएका छन्। 

images
images

इन्भेष्टमेन्ट बैंक चाइना रेनसेन्स होल्डिङका संस्थापक फ्यान पछिल्लो समय सम्पर्कबिहीन भएका छन्। 

शिजिनपिङ राष्ट्रपति भएपछि उनले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत यस्ता उच्चपदस्थ कार्यकारीहरू बेपत्ता हुने श्रृखा बढेको कतिपयको भनाइ छ। तर बाओको बेपत्ता हुनुका कारण भने खुलेको छैन। 

बाओ चीनका चर्चिच कम्पनीहरूको मर्जरमा सफलता हात पारेका बैंकर पनि हुन्। उनले दुई ठूला प्रविधि कम्पनीलाई मर्जर गराएका थिए। बाओ संस्थापक रहेको कम्पनी चीनको इक्विटी क्यापिटल मार्केट लिग टेवलमा नौं नम्बरमा पर्छ। 


प्रकाशित : शनिबार, फागुन ६ २०७९०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend