बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतीय स्टार्टअपले बनायो उड्ने विद्युतीय ट्याक्सी, यस्तो रेन्ज र विशेषता

शनिबार, फागुन ६ २०७९
भारतीय स्टार्टअपले बनायो उड्ने विद्युतीय ट्याक्सी, यस्तो रेन्ज र विशेषता

ईप्लेनले बनाएको उड्ने विद्युतीय ट्याक्सीले एकपटकको फुल चार्जमा २ सय किलोमिरसम्म उड्ने छ

काठमाडौं- विद्युतीय सवारीमात्र नभइ उड्ने ट्याक्सी पनि विद्युतीय बनाउने क्रम बढ्दै गएको छ। संसारका विभिन्न देशका ठूला तथा स्टार्टअप कम्पनीहरुले यस्ता उड्ने विद्युतीय ट्याक्सी बनाइ रहेको छन्। 

हालसम्म दुबईमा उड्ने विद्युतीय ट्याक्सीको उडान परीक्षण गरिएको छ। तर अन्यत्र भने प्रटोटाइप बनाएर आन्तरिक परीक्षण भइरहेको छ। यस्तैमा एक भारतीय स्टार्टअप कम्पनीले पनि उड्ने विद्युतीय ट्याक्सी बनाएर प्रोटोटाइप प्रदर्शनी गरेको हो। 

भारतको बैंलोरमा यही साता भएको एरो इन्डिया सोमा आईआईटी मद्राको एक स्टाटअपले बनाएको उड्ने विद्युतीय ट्याक्सीको प्रोटोटाइप देखाएको हो। २०१७ मा स्थापना भएको यो स्टार्टअपले देखाएको उक्त उड्ने विद्युतीय ट्याक्सी हेलिकप्टरभन्दा छिटो उड्ने दाबी गरेको छ। 

सहरी यात्रालाई झन्झटमुक्त र छिटो तथा सुलभ तवले गराउ आफूहरुले उड्ने विद्युतीय ट्याक्सी ई२०० बनाएको ईप्लेट कम्पनीले जनाएको छ। यो विद्युतीय ट्याक्सी सिधै बस्न र उड्न सक्छ, रन वेको आवश्यकता पर्दैन। 

ईप्लेनले बनाएको उड्ने विद्युतीय ट्याक्सीले एकपटकको फुल चार्जमा २ सय किलोमिरसम्म उड्ने छ। कम्पनीका अनुसार यो उड्ने ट्याक्सी सडकमा गुड्ने कारभन्दा १० गुणा छिटो यात्रा गर्न सक्छ। यता हालको सहरी यात्राका लागि जति खर्च हुन्छ त्यसको दोबरमै उड्ने ट्याक्सीमा यात्रा गर्न सकिने दाबी कम्पनीले गरेको छ। 

सडकमै गुडिरहेका विद्युतीय सवारीबाट नै प्ररित भएर आफूहरुले उड्ने विद्युतीय ट्याक्सीको सोच बनाएर प्रोटोटाइप बनाएको ईप्लेन कम्पनीका सीईओ प्रान्जल मेहता र सीटीओ प्राध्यापक सत्या चक्रवत्याले बताएका छन्। यो उड्ने विद्युतीय ट्याक्सीको उडान र अवतरणका लागि धेरै ठाउँको आवश्यकता नपर्ने उनीहरुको भनाइ छ। 

यो उड्ने ट्याक्सीका लागि २५ वर्गमिटर क्षेत्रफल भए पुग्नेछ। उड्ने विद्युतीय ट्याक्सीको तौल करिब २ सय किलो हुने र यसमा चारवाट पँखेटा हुनेछन्। दुई जना प्यासेन्जर क्षमताको यो ट्याक्सी १ सय ५० देखि २ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ। 

त्यस्तै यो ट्याक्सी १ हजार ५ सय फिटको उचाइमा उडान भर्न सक्छ। उक्त स्टार्टअपका अनुसार यो ट्याक्सी एउटा घर वा मलको छतबाट अर्कोको छतसम्मै यात्रा गर्न सकिने छ। 

कम्पनीले यो उड्ने ट्याक्सीको विकासका लागि १ अर्ब डलरको फन्ड बनाएको हो। ट्याक्सी बारे अन्य विकरण भने कम्पनीले सार्वजनिक गरेको छैन। 


प्रकाशित : शनिबार, फागुन ६ २०७९०९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend